सर्लाही । सर्लाहीको गोडैता गाउँपालिका २ का ७० वर्षीय महादेव महतोको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो बलरा नगरपालिका ५ महतो टोलस्थित एक विद्युतीय मोटर जडान गरिएको पानी तान्ने कलबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका महतोको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




