रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर चोक नजिकै सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुकी चपुरबाट डुमरीयातर्फ जाँदै गरेको ना ३६ प १२०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४५ वर्षीय हरी चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि चपुरस्थित हाईवे ट्रामा सेन्टर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
स्थानीयवासीले सन्तपुर क्षेत्रमा सवारीसाधनको गति नियन्त्रण गर्न र पैदलयात्रीको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाउन आग्रह गरेका छन् ।




