बारा । बारा जिल्लाको निजगढ नगरपालिका ९ स्थित लच्काको सडकमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ । बा प्र ०३–००४ प ६३५२ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति बिहीबार राति बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
मृतक मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ टेन्जिङग टोलका ४० वर्षीय दिपक प्रसाद नेपाल हुन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि कलैया प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




