धनुषा । धनुषा जिल्लाको नगराईन नगरपालिका ४ फुलगामास्थित सडकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
मधेश प्रदेश २–००६ प ३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कमला नगरपालिका ३ माचीका २८ वर्षीय रामजिवन यादव गम्भीर घाइते भएका थिए ।
घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ ।




