धनुषा । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित प्रादेशिक प्रयोगशालाको पछाडि एक अज्ञात पुरुषको शव शनिबार मृत अवस्थामा फेला परेको छ ।
धनुषा प्रहरीले दिएको जानकारीअनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन । प्रारम्भिक विवरण अनुसार उनी अन्दाजी ४० वर्षको हाराहारीमा देखिन्छन् । शव फेला परेको स्थानमा प्रहरीको टोली पुगेको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
मृतकको सनाखतका लागि प्रहरी अनुसन्धान जारी रहेको छ भने शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।




