सिराहा । सिराहाको लहान नगरपालिका १ स्थित सुप्रिम होटलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले होटलमा छापा मार्दा नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल, फेनारगन १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल, ३ थान सिरिन्ज र १ थान मोबाइल फेला पारी दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटल सञ्चालक लहान नगरपालिका १ निवासी २९ वर्षीय भरत थापा र धनगढीमाई नगरपालिका १ निवासी २५ वर्षीय सुमन विश्वकर्मा रहेका छन् । प्रहरीले लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न भएको आशंकामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




