महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक वृद्ध पक्राउ परेका छन् ।
शुक्रबार बेलुकी इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले ६८ वर्षीय राम बहादुर बुलनलाई गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुलनले गाँजा ओसार पसारमा संलग्न भएको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट बरामद गरिएको गाँजा आवश्यक प्रमाणसहित नियन्त्रणमा लिइएको र घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




