सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलमा शनिबार दिउँसो एक घरबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
३५ वर्षीय रामबाबु यादवको घरबाट सुन १० तोला, चाँदी १ सय ५० तोला र नगद २ लाख रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । चोरी भएको कुल सम्पत्तिको अनुमानित मूल्य करिब २२ लाख रुपैयाँ बराबर रहेको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाउँदै प्रहरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
प्रहरीले घटनास्थलको निरीक्षण गरी तथ्य संकलन थालेको छ । स्थानीय बासिन्दाले चोरीको घटनाले क्षेत्रमै असुरक्षा महसुस गराएको बताएका छन् ।




