सिराहा । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिन्डास्थित सडकमा ट्याक्टरबाट लडेर एक युवकको ज्यान गएको छ । पोखरभिन्डाबाट सरस्वती खोलातर्फ जाँदै गरेको स १ त ६६४३ नम्बरको ट्याक्टरबाट लड्दा सोही गाउँपालिका २ पोखरभिण्डाका ३० वर्षीय प्रदिप चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो । तर, उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




