सर्लाही । सर्लाहीको बसबरीया गाउँपालिका ६ मनटोलमा ट्याक्टरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । आइतबार दिउँसो ज १ त ९५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।
ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय अमिरी पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् ।
प्रहरीले उनको खोजी गर्नुका साथै घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । स्थानीयवासीले बिना नियन्त्रण सवारी साधनका कारण दुर्घटना बढेको भन्दै सडक सुरक्षामा ध्यान दिन माग गरेका छन् ।




