जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित सडकमा आइतबार राति भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी ५० वर्षीय मो. सतार राईनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्र ०२-००७ प ९२६६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राईनलाई उपचारका लागि जानकी हेल्थ केयर जनकपुर पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




