सिराहा । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा एक व्यक्तिको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय बिन्देश्वर साहको सोमबार दिउँसो सोही ठाउँस्थित पोखरीमा डुबेर ज्यान गएको हो ।
घटना बारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक साहको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
हाल घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।




