बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ४ स्थित कलैयामा एक महिला र उनका सानो छोराको शव घरमै मृत अवस्थामा फेला परेको छ । बुधबार बिहान ३५ वर्षीया रन्जु देवी मण्डल र उनका ३ वर्षीय छोरा श्री शान्त मण्डल आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । परिवार र स्थानीयसँग बयान लिने प्रक्रिया पनि अगाडि बढाइएको जनाइएको छ ।




