धनुषा । शहीदनगर नगरपालिका ५ बिर्तास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । मंगलबार बेलुकी महुलियाबाट बिर्तातर्फ जाँदै गरेको म प्र ०२–००२ प ४११६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीया कुमारी देवी साफी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उपचारका लागि जनकपुरस्थित एपोलो अस्पताल लगिएको भए पनि बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक कुमारी देवी सोही नगरपालिका ४ महुलिया बसोबास गर्दै आएकी थिइन् ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेकोले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ । साथै, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




