महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १० बाट करिब ६ किलोग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार बिहान गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ एक व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए ।
ब्रह्मस्थान चोकबाट वनपतचोकतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ प ४२३९ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति प्रहरीलाई देखेपछि सवारीसाधन त्यागेर भागेका थिए ।
प्रहरीले मोटरसाइकल जाँच गर्दा झोलामा लुकाइएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हाल फरार व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । साथै, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।




