महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००६ प ७७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक एकडारा गाउँपालिका ६ निवासी ३८ वर्षीय विनोद साह गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारका लागि तत्काल जनकपुरस्थित न्यूरो अस्पताल लगिएको थियो ।
तर उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गर्मी मौसममा सडकमा सतर्कता अपनाउन ट्राफिक प्रहरीले सवारी चालकहरूलाई आग्रह गरेको छ ।




