सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका २ डिगिया टोलस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले स्थानीय बिरेन्द्र यादवको घरमा लुकाइछिपाई राखिएको करिब ५ सय २ किलोग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले दिएको जानकारीअनुसार, विशेष सूचनाको आधारमा घरमा तलासी गर्दा १६ वटा बोरामा राखिएको उक्त गाँजा फेला परेको हो । घटनापछि घरधनी बिरेन्द्र यादव फरार रहेका छन् भने प्रहरीले उनको खोजी तीव्र पारिएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा ल्याउन प्रहरी सक्रिय भएको जनाएको छ ।




