सर्लाही । सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । बरहथवा नगरपालिका १७ कटानीमा गएराति करिब पौने तीन बजे मोटरसाइकल खसेको थियो ।
बागमती नहरको पुलबाट ना ४६ प २८२० नम्बरको मोटरसाइकल खस्दा चालक मलंगवा नगरपालिका ४ का ३५ वर्षीय घनश्याम राय मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
आज बिहान पौने तीन बजेतिर कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा राय सवार मोटरसाइकल आफैँ अनियन्त्रित घुमाउरो सडकबाट पुलमा ठोक्किँदै तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि एलएस न्यूरो अस्पताल बारा लगिएको थियो । त्यहाँ पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।




