सप्तरी । सुरूङ्गा नगरपालिका ६ स्थित सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लहानबाट कडरवोनातर्फ जाँदै गरेको बा ८७ प ९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का १९ वर्षीय सुदिप चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको लहानस्थित धामिनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।




