सर्लाही । सर्लाहीको बागमती नगरपालिका ११ स्थित बागमती पुलनजिकै बुधबार राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोलका २१ वर्षीय गोपाल योन्जनको ज्यान गएको हो ।
चपुरबाट हरिवनतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनर गाडीले प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोलका २१ वर्षीय गोपाल योन्जनको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




