महोत्तरी । बर्दिबास नगरपालिका ८ रमानन्दचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब ५० ग्राम पदार्थसहित एक जना पक्राउ परेका छन् ।
बुधबार बेलुकी इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जलेश्वर नगरपालिका २ निवासी ३२ वर्षीय सिकेन्द्र साहलाई पक्राउ गरेको हो ।
जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको लु २ च २१२४ नम्बरको कार जाँच गर्ने क्रममा प्रहरीले उक्त पदार्थसहित नगद ५१ हजार ५ सय ५१ नेपाली रूपैयाँ र २० हजार १ सय ४० भारतीय रूपैयाँ फेला पारेको थियो ।
लागूऔषधसहित पक्राउ परेका साह कार चालकसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आशङ्कामा थप अनुसन्धान भइरहेको जनाएको छ ।




