सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका १० स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ६ सय ७० ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् ।
बुधबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका १० का २८ वर्षीय शनि झा, २८ वर्षीय मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका २ औरही निवासी १८ वर्षीय एक किशोर रहेका छन् ।
प्रहरीले उनीहरूबाट लागूऔषधसहित प्रयोगमा ल्याइएको दुई थान मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




