धनुषा । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादव रहेका छन् ।
आइतबार दिउँसो प्रहरी चौकी कपिलेश्वरबाट खटिएको टोलीले यादवलाई गाँजासहित नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार यादवको साथबाट बरामद गरिएको गाँजा परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




