बारा । बारागढी गाउँपालिका २ विसनपुर्वास्थित सडकमा आइतबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र १-०५-००२ प १६२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ५५ वर्षीया गीता देवी चौधरी गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामै उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




