सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगनियामा गएराति एक माइक्रोबसमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय अमन प्रसाद श्रेष्ठको घरको कम्पाउन्डभित्र पार्क गरिएको को १ ज २७९५ नम्बरको माइक्रोबसमा राति अचानक आगलागी भएको हो ।
आगोले माइक्रोबस पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि स्थानीयवासी र दमकलको सहयोग लिइएको थियो ।
आगो नियन्त्रणमा आएपनि गाडी जलेर पूर्ण रूपमा नष्ट भइसकेको थियो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने प्रहरीले घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




