रौतहट । रौतहटको गरूडा नगरपालिका ५ महमदपुरमा सोमबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सडक छेउमा बिग्रिएर रोकी राखिएको टेलरमा प्रदेश २–०३–०२० प ७२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा कटहरिया नगरपालिका १ का २३ वर्षीय संजय कुमार साहको ज्यान गएको हो ।
गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का एक जना यात्रु घाइते भएका छन् र उनको गरूडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




