सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ जितमान टोलस्थित सडकमा मिर्चैयाबाट सोनिगढवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको टेलर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा टेलरमा सवार नरहा गाउँपालिका ३ बस्ने ४५ वर्षीय महेश प्रसाद यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको जनाएको छ ।




