सिराहा । सिराहाको लहान नगरपालिका १९ छरापट्टी बस्ने ५० वर्षीय रामचन्द्र मण्डल मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएका छन् । उनी आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी पानी खनन्तर खेतमा सिचाइ गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।
परिवारका अनुसार रामचन्द्र मण्डलले सो मोटरलाई जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । स्थानीय प्रहरीले घटनास्थल पुगेर शव परीक्षण र घटनाको थप विवरण सङ्कलन गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा करेन्ट लाग्ने कारण विद्युत् जडानमा कमजोरी वा सुरक्षा मापदण्डको अभाव रहेको हुन सक्ने देखिएको छ । यस घटनाले स्थानियवासीमा सुरक्षा मापदण्डको पालनाको आवश्यकतालाई पुनः चेतना दिएको छ ।
प्रहरीले घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको र आवश्यक कारवाही अघि बढाउने जानकारी दिएको छ । स्थानीय प्रशासनले पनि घटनाको अनुसन्धान तथा मृतक परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।




