पर्सा । जगरनाथपुर गाउँपालिका १ पाण्डेपुरमा बुधबार राति आगलागी भएको छ । आगलागीमा तीन स्थानीयवासीको गोठ जलेर नष्ट भएको जनाइएको छ ।
स्थानीय जमिरा राउत गद्दी, नजारूल राउत गद्दी र मोलालीम राउत गद्दीको गोठमा एकै रात आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीय स्रोतका अनुसार आगलागीको कारण खुल्न नसकेको भए पनि गोठमा रहेका गहुँ, धान, खल, भुसा लगायतका खाद्यान्न तथा पशुका लागि राखिएका सामाग्री जलेर नष्ट भएका छन् ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।




