सिराहा । सिराहा जिल्लाको नरहा गाउँपालिका ३ स्थित चौहर्वा चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ३ निवासी २३ वर्षीय उमेश कुमार साह र कटारी नगरपालिका ४ निवासी १९ वर्षीय सलम खान रहेका छन् ।
शुक्रबार बिहान इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकासँग प्रहरीले स्पास्मो प्रोक्सिभन १६ ट्याब्लेट र नाइट्राजेपाम ४० ट्याब्लेट बरामद गरेको जानकारी दिएको छ । प्रहरीले दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




