रौतहट । रौतहटको माधव नारायण नगरपालिका ३ भेलहीमा बुधबार साँझ भएको आगलागीमा करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय चन्देश्वर यादवको घरमा अचानक आगलागी हुँदा घरभित्र राखिएको लत्ता कपडा, खाद्यान्न तथा अन्य सामग्री पूर्णरूपमा जलेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रहरीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको जनाएको छ । साथै, घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




