सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका ४ मोतिपुरमा शुक्रबार बिहान भएको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय शम्भु यादवको घरमा अचानक लागेको आगोका कारण करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना लगत्तै प्रहरी र स्थानीय वासीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो । यद्यपि, आगलागीका कारण घर पूर्णरूपमा जलेको र भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, नगद लगायत सामाग्री समेत नष्ट भएको बताइएको छ ।
प्रहरीले आगलागीको कारण बारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको र पीडित परिवारलाई राहतका लागि पहल थालिएको छ । स्थानीय तह र सुरक्षा निकायले आगलागीको सम्भावित जोखिम न्यूनीकरणमा चनाखो रहन समेत आग्रह गरेका छन् ।




