सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ७ सिरसियामा विद्युतको तारबाट करेन्ट लागेर १६ वर्षीया किशोरी अंशु कुमारी यादवको मृत्यु भएको छ । बिहीबार बेलुकी सडकमा लत्रिएको विद्युतको तारमा छोएपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा रहेकी अंशुलाई तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान थालेको छ ।
यस्तै लापरवाहीका कारण हुने दुर्घटनाबाट सर्वसाधारणको ज्यान जाने क्रम बढिरहेका बेला सार्वजनिक ठाउँमा लत्रिएका तार व्यवस्थापन गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गरिएको छ ।




