सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका १० बदगामा विद्युत सर्ट भई आगलागी हुँदा एक घरमा ठूलो क्षति भएको छ । स्थानीय ७५ वर्षीय घनानन्द खड्गको भान्सा घरमा शुक्रबार बिहान अचानक विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याएको र घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।




