रौतहट । रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनवास्थित सडकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
गौरबाट बमनहरतर्फ जाँदै गरेको ‘अन टेस्ट’ लेखिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा गौर नगरपालिका ४ की ३८ वर्षीया रेनु कुमारी ठाकुर गम्भीर घाइते भएकी थिइन् ।
घाइते ठाकुरलाई तत्काल उपचारका लागि वयोधा अस्पताल, वीरगंज लगिएको थियो । तर उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




