रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ५ का २२ वर्षीय सावल कुशवाहाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार राति करिब ८ बजे फतुवा विजयपुर ६ स्थित रामदासी टोलको खेतबारीमा पानी सिँचाइका लागि विद्युत मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कुशवाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो भने प्रारम्भिक अनुसन्धानमा करेन्टको प्रत्यक्ष सम्पर्कमा आउँदा ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक कुशवाहा खेतीपातीको काममा परिवारलाई सहयोग गर्दै आएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।




