सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका ३ कचनदाहास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति कठौनाबाट कचनदाहातर्फ गइरहेको प्र २-०१-००१ त ०९०९ नम्बरको ट्याक्टरले सोही स्थानका ५५ वर्षीय मागैनय खंग खत्वेलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका खत्वेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको भए पनि उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले सावधानीपूर्वक सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ ।




