पर्सा । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ५ पटनीस्थित सडकमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार दिउँसो बिआर ०१ पिए ४४०९ नम्बरको सुमो र बागमती प्रदेश ०२–०३० प ६७७८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भारतको पूर्वी चम्पारण निवासी ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बर्णवालको उपचारका क्रममा नारायणी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन् र हाल नारायणी अस्पतालमै उपचाररत छन् ।
दुर्घटनापछि सुमो चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




