सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित पोखरीमा डुबेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो पोखरीमा डुब्दा भारत बिहारको सुपोल जिल्लाको ग्राम बेलाहा मझारी निवासी सुरेन्द्र मुखियाकी छोरी राधा मुखियाको मृत्यु भएको हो ।
स्थानीयको अनुसार बालिका पाहुना आएका बेला खेल्दा खेल्दै पोखरीमा पुगेकी थिइन् । डुबेको थाहा पाएपछि स्थानीयले उद्धार गरी स्वास्थ्य संस्थामा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




