सिराहा । सिराहाको लहान नगरपालिका २ मटिअर्वा टोलबाट खैरो हेरोइन जस्तो देखिने अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सोमबार बेलुकी जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लहान २ मटिअर्वा टोलका २३ वर्षीय विवेक यादव, लहान १ का ३० वर्षीय सुरेश कुमार साह सुडी र लहान २ कै २७ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् । प्रहरीले विवेक यादवको घरमा विशेष सूचनाका आधारमा तलासी गर्दा १६ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला पारेको हो ।
सोही क्रममा सुरेश र राजकुमारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरीले अवैध लागूऔषधको कारोबार तथा सेवन नियन्त्रणका लागि निगरानी तथा विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।




