महोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका १ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
कटैयाबाट मनरातर्फ जाँदै गरेको बीआर ३० एल ९६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका १ निवासी ३५ वर्षीय धनेश ठाकुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना यात्रु घाइते भएका छन्, जसको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ ।




