वीरगंज । वीरगंज महानगरपालिका २ मा रहेको देवनारायण साहद्वारा सञ्चालित कोईला डिपोमा ट्रक अनलोड गर्ने क्रममा अचानक आगलागी भएको छ । ना ६ ख ७०४५ नम्बरको ट्रकमा बुधबार राति भएको आगलागीबाट ट्रकको अगाडिको भाग जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेपनि यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




