बारा । बाराको फेटा गाउँपालिका ३ का २२ वर्षीय कृष्णा साह तुरहालाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ५३ वर्षीया महिलामाथि बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
पीडित महिलाले उजुरी दिएपछि अनुसन्धान थालिएको र घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




