सप्तरी । ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीमा दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका १ बलान पटिटोलका ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको टोलीले पीडित महिलाको उजुरीका आधारमा शुक्रबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवै आरोपित माथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइँदैछ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




