सिराहा । सिराहा जिल्लाको अर्नमा गाउँपालिका १ बुढियाचापका ३५ वर्षीय अजय कुमार महरा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरूका अनुसार महरा सोही ठाउँको एक आँपको रुखमुनि निर्जीव अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरी टोलीले शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद मेमोरियल अस्पतालमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महरा कृषिमा संलग्न रहँदै आएका थिए । प्रहरीले घटनाको प्रकृति र कारण बारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




