धनुषा । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ४ हरैया सडकखण्डमा शनिबार दिउँसो भएको एक मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ ।
जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म प्र ०२–००५ प ८७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेका ३० वर्षीय रामरतन महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थानीय निवासी हुन् ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




