वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका २४ रामगढवास्थित सडकमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ ।
मधेश प्रदेश २–०२–००१ ज ०६८१ नम्बरको ईभी गाडी र प्रदेश २–०३–०१४ प ०६७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा वीरगंज महानगरपालिका १६ नगवाका २० वर्षीय विक्रम साह तुरहा र २० वर्षीय निरञ्ज राम गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएको थियो ।
तर, उपचारका क्रममा दुबै जनाको ज्यान गएको अस्पताल स्रोतले पुष्टि गरेको छ । दुर्घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




