सिराहा । सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ स्थित छोटी भन्सार कार्यालय नजिकबाट शुक्रबार साँझ प्रहरीले लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू मिर्चैया नगरपालिका ११ का २४ वर्षीय सुभाष यादव र २२ वर्षीय श्याम कुमार पासवान रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंका लागि जाँच गर्दा करिब १ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद १४ हजार ५ सय ५० रुपैयाँ र दुई थान मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




