सर्लाही । सर्लाहीको बागमती नगरपालिका ३ धरहरा टोलकी ६० वर्षीया सेती माया अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उनको साथबाट करिब ४ किलो ५ सय ५९ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा उनीमाथि निगरानी राखेर पक्राउ गरिएको हो । गाँजासहित पक्राउ परेकी सेती मायामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा र पक्राउ परेकी महिलालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




