सिराहा । सिराहाको औरही गाउँपालिका १ दरहैया चोकमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मधेश प्रदेश ०१–००१ त २५४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बरियारपट्टी गाउँपालिका ३ निवासी २५ वर्षीय सतवा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
दुर्घटनापछि घटनास्थलमै मृत्यु भएका यादवको शवलाई पोस्टमार्टमका लागि सिराहा अस्पताल पठाइएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




